अनुसन्धानको नतिजाहरु विश्वसामु प्रस्तुत गर्नु तपाईंको कार्य क्षेत्र र पेशाको प्रगतिको लागि महत्वपूर्ण हुन्छ। तर यति धेरै प्रकाशनहरू छन् कि तपाइँ कसरी निश्चित हुन सक्नुहुन्छ कि तपाइँ एउटा विश्वसनीय जर्नलमा प्रस्तुत गर्दै हुनु हुन्छ भनेर ? तपाईंको अनुसन्धानको लागि विश्वसनीय जर्नलहरू छनौट गर्न निम्नलिखित जाच सूची पालन गर्नुहोस्।
तपाईको अनुसन्धानको प्रकाशनको लागि तपाईले विचार गरि रहेको जर्नल नै सहि हो भनेर कसरि भर पर्न सक्नु हुन्छ?

के तपाईं आफ्नो अनुसन्धान लाई एउटा विश्वसनीय जर्नलमा मा प्रस्तुत गर्दै हुनुहुन्छ?
के तपाईंको कामको लागि यो सही जर्नल हो?
- विश्वभर थप अनुसन्धानहरु प्रकाशित हुन्छन।
- प्रत्येक हप्तामा नयाँ जर्नलहरु सुरू भै रहेको हुन्छ।
- प्रकाशकका दुराचार र धोकाका कथाहरू पनि वृद्धिमा हुदै छन्।
- कहाँ प्रकाशित गर्ने भनेर छनौट गर्नको लागि नविनतम सुझावहरु पत्ता लगाउन एउटा ठुलो चुनौती हुन सक्छ।

तपाईंले छानेको जर्नल विश्वसनीय छ कि छैन भनेर जाच गर्नको लागि यो सन्दर्भ सूचीलाई प्रयोग गर्नुहोस् ।
के तपाईं वा तपाइका साथीहरू लाई यो जर्नल को बारेमा थाहा छ?
- यो भन्दा अगाडी, के तपाईंले यस जर्नलमा छापिएका कुनै लेख पढ्नु भएको छ?
- के यो पत्रिकामा भर्खरै छापिएका लेखहरु पत्ता लगाउन सजिलो छ?
के तपाईंले सजिलैसँग प्रकाशकलाई पहिचान गर्न र सम्पर्क गर्न सक्नुहुन्छ?
- के प्रकाशकको नाम जर्नल वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरिएको छ?
- के तपाईं प्रकाशकलाई टेलिफोन, ईमेल, र पोस्टबाट सम्पर्क गर्न सक्नुहुन्छ?
- के जर्नलले कुन खालको peer review प्रणाली प्रयोग गर्दछन् भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ?
- के लेखहरू तपाईले प्रयोग गर्ने Indexing सेवाहरूमा अनुक्रमित गरिएका छन्?
के कति शुल्क लग्छ भनेर स्पष्ट रुपमा उल्लेख गरिएको छ?
- के जर्नल साइटले त्यी शुल्कहरू के का लागि हुन् र कहिले शुल्क लिईने छ भनेर व्याख्या गरेको छ?
के तपाई सम्पादकीय समितिलाई चिन्नुहुन्छ?
- के तपाई सम्पादकीय समितिका सदस्यहरू को बारेमा सुन्नु भएको थियो?
- के सम्पादकीय समितिली आफ्नै वेबसाइटमा जर्नलको बारेमा उल्लेख गरेको छ?
के प्रकाशक कुनै मान्यता प्राप्त संघ संस्था संग सम्बन्धित हो?
- के तिनीहरू Committee on Publication Ethics (COPE) मा सूचीबद्ध छन्?
- यदि जर्नल पैसा न तिरी पढ्न पाउने हो भने, के यो Directory of Open Access Journals (DOAJ) मा सूचीबद्ध छ?
- यदि जर्नल पैसा न तिरी पढ्न पाउने हो भने, के यो Open Access Scholarly Publishers’ Association (OASPA) मा सूचीबद्ध छ?
- के यो जर्नल, INASP जर्नलको अनलाइन प्लेटफार्म (बांग्लादेश, नेपाल, श्रीलंका, मध्य अमेरिका र मंगोलिया मा प्रकाशित जर्नलहरू) मा होस्ट गरिएको छ या अफ्रिकी पत्रिका अनलाइन (AJOL, अफ्रीकी पत्रिकाहरु को लागि) मा होस्ट गरिएको छ?
- के प्रकाशकले कुनै अर्को व्यावसायिक संघको सदस्य हो?

यदि माथि उल्लेखित प्रश्नहरुको उत्तर “हो” हो भने।
यदि तपाईं खुसी हुनुहुन्छ र माथि उल्लेखित धेरै जसो प्रश्नहरुको उत्तर “हो” हो भने, मात्र, चेक सूची पूरा गर्नुहोस् र आफ्नो लेख, त्यो जर्नलमा बुझाउनु होला।
- तपाइको आफ्नो प्रतिष्ठा र लेखको citation को लागि, तपाईंले छानेको जर्नलको, तपाईंको साथीभाईहरु को बिचमा विश्वसनीय र भरपर्दो तरिकाले चिरपरिचित छ भनेर तपाई आफै विश्वस्त हुनु पर्दछ।
- तपाईंको अनुसन्धानलाई उपयुक्त र सहि जर्नलमा प्रकाशन गर्नाले तपाईंको professional profile बढाउनमा मदद गर्दछ, र तपाईंको career को प्रगतिमा पनि गर्न मद्दत गर्दछ।
- तपाईंको लेख index अथवा archived हुनै पर्छ र सजिलै खोज्न सकिने हुनु पर्दछ।
- तपाईंको कामको समीक्षा र सम्पादन गर्दा तपाईले व्यवसायिक प्रकाशन अनुभवको अपेक्षा गर्नु पर्दछ।
- त्यसपछि मात्र तपाईले तपाइँको लेख बुझाउनुपर्छ।
Many thanks to Angel Magar for this translation.
This translation was published in February 2018.